काठमाडौं गोर्खाज र चितवन राइनोज आमने-सामने हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को एलिमिनेटर खेलमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज आमने-सामने हुँदैछन्। यो खेल कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४:३० बजे सुरु हुनेछ।
दुवै टोलीका लागि ‘गर वा मर’ खेल हो। विजेता टोली बिहीबार हुने क्वालिफायर २ मा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ, जबकि पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
लिग चरणमा काठमाडौं गोर्खाज तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने चितवन राइनोज चौथो स्थानमा रहेको थियो। यसअघि नोभेम्बर ९ मा भएको लीग खेलमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो ।
काठमाडौंका लागि रशिद खान र कप्तान करण केसी मुख्य जिम्मेवारीमा रहनेछन्। रशिदले यो सिजन दुई अर्धशतक प्रहार गरिसकेका छन्। चितवनका लागि कप्तान सिकन्दर रजा र रवि बोपारा टोलीको मेरुदण्ड हुन्, बोपारा सिजनमा हालसम्म १८४ रन बनाएर एनपीएलको सर्वाधिक रन स्कोरर सूचीको शीर्ष स्थानमा छन् ।
दुवै टोली यसअघि प्लेअफमा पुगे पनि एलिमिनेटरमा पराजित भएर बाहिरिएका थिए। आजको खेलले दुवैमध्ये एक टोलीलाई पहिलो पटक एलिमिनेटर जिताउनेछ र क्वालिफायर २ मा पुर्याउनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |