← समाचारमा फर्कनुस्
Top Headlines Nov 18, 2026 · Swadesh

काठमान्डुलाई पन्छाएर चितवन क्वालिफायर–टुमा

काठमान्डुलाई पन्छाएर चितवन क्वालिफायर–टुमा

कमिला मिसराले नेपाल प्रिमियर लिग (एनपीएल) कै इतिहासमा बनाएको उच्च व्यक्तिगत स्कोरको मदतले चितवन राइनाजेले मंगलबार इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले हराएको छ र क्वालिफायर–टुमा प्रवेश गरेको छ ।

अब बिहीबार हुने खेलमा चितवनले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । त्यसमा विजयी हुने टिमले फाइनलमा प्रवेश गर्नेछ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स यसअघि नै फाइनल पुगिसकेको छ । जितका लागि २ सय ५ रन पछ्याएको काठमान्डुले नौ विकेट गुमाएर १ सय ४३ रन बनायो ।

काठमान्डुका लागि विलियन बोसिस्टोले बनाएको ३७ रननै सर्वाधिक ठूलो स्कोर रह्यो । यसअघि चितवनले चार विकेटमा २ सय ४ रन बनाएको थियो र त्यसमा सिमराले १ सय २० रन बनाए । उनले नटआउट रहेर शानदार प्रदर्शन गरे ।

पोहोर सिजन कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध नटआउट रहेर १ सय १४ रन बनाएका थिए । अब सिमराले त्यसलाई उछिनेका छन् । श्रीलंकाली ओपनर मिसराले ५९ बलमा आफ्नो शतकीय स्कोर खडा गरे र र नटआउट रहे ।

उनले ५९ बलको मात्र सामना गरे । उनको ब्याटबाट पाँच चौका र दस छक्का निस्केको थियो । यस सिजनको यो दोस्रो शतक हो । समग्रमा भने प्रतियोगिताको पाँचौ शतक हो । यस्तैे रवि बोपाराले ४२ बलमा ५३ रन बनाए । काठमान्डु पोहोर सिजन पनि इलिमिनेटरमै हारेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →