← समाचारमा फर्कनुस्
वालिङको जित, सुदूरको पाँचौं हार

काठमाडौं । सुदूरपश्चिम प्रदेशले एन्फा महिला लिगमा लगातार पाँचौं हार ब्यहोरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सुदूरपश्चिम वालिङ नगरपालिकासँग ५–१ गोल अन्तरले पराजित भएको हो।
वालिङको जितमा भिओला नामुडुले ह्याट्रिक गर्दा ज्याकलिन नसाली र सुस्मा तामाङले समान एक गोल थपे। रितिका कार्कीले सुदूरपश्चिमका लागि एक गोल फर्काइन्।
जितसँगै पाँच खेलमा नौ अंक जोडेको वालिङ पाँचौं स्थानमा छ। पाँचै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ।
खेलको १८औं मिनेटमा नामुडुको गोलमार्फत वालिङले अग्रता लिएको थियो। ४२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |