← समाचारमा फर्कनुस्
Cricket Nov 12, 2024 · Swadesh

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)  का सुदूरपश्चिम रोयल्सले जर्सी सार्वजनिक गरेको छ। 

मंगलबार काठमाडौंमा एक समारोहकाबीच मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, टिम मालिक स्वतन्त्र प्रताप शाह र ब्राण्ड एम्बेसडर दीपक बिष्टले सार्वजनिक गरेका हुन्।

एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ। जर्सिको कलर पहेँलो रहेको छ। 

जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताए। सुदूरपश्चिमको जर्सी लगाएर समर्थन गर्न आउँदा काठमाडौं नै सुदूरपश्चिममय हुने उनको भनाइ छ। 

क्रिकेटलाई नेपाली समर्थकले अथाह माया गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘नेपाली क्रिकेटले विगतको २०, २५ वर्षदेखि जुन उपलब्धी हासिल गर्दै आइरहेको छ। 

यसले विश्व जगतमा नेपाली क्रिकेटको चर्चा भइरहेको छ। अब अन्तरराष्ट्रियस्तरबाट ठुलो ठुलो लगानीकर्ताहरु भित्र्याएर राष्ट्रिय स्तरमा खेलाडीहरुका लागि प्लेटफर्म तयारको योजनामा क्यान छ।’

नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →