← समाचारमा फर्कनुस्
Cricket Dec 18, 2024 · Swadesh

एनपिएलः जनकपुरलाई हराउँदै सुदुरपश्चिम फाइनलमा

एनपिएलः जनकपुरलाई हराउँदै सुदुरपश्चिम फाइनलमा

काठामाडौं । सुदुरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ।

सुदुरपश्चिमले जनकपुरलाई आठ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान पक्का गरेको हो।

जनकपरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो।

सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारीले अर्धसतकीय पारी खेले। उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए । सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए। 

बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए। 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो। जनकपुरका लागि जिमि निशामले सर्वाधिक ४५ रन बनाए। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुभ कंसाकारले २६, लाहिरु मिलान्था र हर्ष ठाकेरले समान १२ १२, तथा कप्तान आसिफ शेख र अर्निको यादवले समान ११ ११ रन बनाए। 

बलिङमा सुदुरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सेफ जैबले दुई तथा स्कट कुग्गेलिन र अभिनाष बोहोराले एक एक विकेट लिए। पराजित जनकपुरले बिहिबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदुरपश्चिकसँग उपाधिका लागि खेल्नेछन्। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →