← समाचारमा फर्कनुस्
Cricket Oct 29, 2024 · Swadesh

सुदूरपश्चिमले आइकोनिक खेलाडीका लागि खुला छनोट गर्ने

सुदूरपश्चिमले आइकोनिक खेलाडीका लागि खुला छनोट गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट गर्ने भएको छ

रोयल्सले कार्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ । आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नुहुनेछ ।

छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ । सुदूरपश्चिम क्षेत्रका खेलाडीलाई यो राम्रो अवसर हुने रोयल्सले विश्वास लिएको छ । रोयल्सको टोलीमा सुदूरपश्चिम क्षेत्रका खेलाडीको बाहुल्यता रहेको पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छौं ।

रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र

इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा हुनहुन्छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहनुभएको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ।

हाम्रो टोली - दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →