← समाचारमा फर्कनुस्
Cricket Dec 15, 2024 · Swadesh

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा प्रवेश

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा प्रवेश

काठमाडौँ । पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। 

आइतबार सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले १९‍.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो। 

पाँच रनको जितसँगै सुदूर १० अंक जोडेर शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। यस्तै जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफमा पुगेका छन्।

पोखराको लागि ब्याटिङतर्फ ओपनर एन्द्रिस गौसले सर्वाधिक ३६ रन बनाए। यस्तै किरण ठकुन्न ३२ रनबमा बोल्ड आउट भए। रेमन रिफर २८ बलमा ३३ रन बनाए। उनले किरणसँग मिलेर छैटौँ विकेटका लागि ७० रनको साझेदारी गरे।

अर्का ओपनर दिनेश खरेलले १५ रन जोड्दा जेन मलिकले १० रन बनाएर आउट भए। 

यता, बलिङतर्फ सुदूरका लागि स्कट कुगेलिनले पाँच विकेट लिँदा हरमित सिंहले दुई, सेफ जैबले विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाएको थियो। 

सुदूरका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे। आरिफ र दिपेन्द्रले पाँचौँ विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए।  

यस्तै ब्रान्डन म्याकमुलन २३ कप्तान दिपेन्द्र सि‌ह २० बिनोद भण्डारी १४ हरमित सिह १३ इशान पाण्डे १० रन बनाए। 

यता, बलिङतर्फ पोखराको लागि कप्तान कुशल भुर्तेलले दुई विकेट लिए। रेमन रिफर, सागर ढकाल र माइकल लिस्कले समान एक एक विकेट हात पारे। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →