सुदूरपश्चिमले जित्यो नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं । सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
सुदूरले लुम्बिनी प्रदेशलाई आठ रनले हराउँदै च्याम्पियन बनेको हो।
बुधबार सुदूरले दिएको १२८ रनको लक्ष्य पछाएको लुम्बिनीले ४३.१ ओभरमा विकेट गुमाउँदै ११९ रन मात्रै बनाउन सक्यो।
लुम्बिनीका लागि कप्तान आकाश त्रिपठीले ४४ बलमा २२ रन बनाए। विजय कोहर १९, सन्तोष यादव १२ रन बनाउँदा समीर अली मुस्लिमले १८ रन बनाए।
यस्तै, शिव कुवँर २० रनमा अविजित रहे पनि लुम्बिनीको हार टार्न सकेनन्।
यता, सुदूरको जीतमा बलिङतर्फ हेमन्त धामीले चार विकेट लिए। सचिन भट्ट दुई र नरेन साउद दुई दई तथा अशोक धामीको नाममा एक विकेट रह्यो।
त्यसअघि विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो।
सुदूरपश्चिमाका लागि अभिषेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४ र दीपक रोकायाले ११ रन बनाए।
लुम्बिनीका लागि सन्तोष यादवले १० ओभरमा दुई मेडनसहित २८ रन खर्चिएर पाँच विकेट लिए। यसैगरी रमेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट हात पारे।
समूह चरणबाट लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |