← समाचारमा फर्कनुस्
Cricket Dec 21, 2024 · Swadesh

जनकपुरलाई सुदूरपश्चिमले दियो १८५ रनको लक्ष्य

जनकपुरलाई सुदूरपश्चिमले दियो १८५ रनको लक्ष्य

काठमाडौं । सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदुपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो।

सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरे। उनीहरुले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे।

अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४ रन बनाए। 

कप्तान दिपेन्द्र सिह एैरी सात बलमा ९ रन बनाएर क्याच आउट भए। आरिफ शेख शून्य रनमा आउट हुँदा स्कट कुगेलिन १३ रन बनाए।।

जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन विकेट लिँदा, जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए। 

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो।

उपाधि विजेताले ट्रफीसहित एक करोड १० लाख र उपविजेताले ५१ लाख प्राप्त गर्नेछन्। साथै तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख प्राप्त गर्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →