← समाचारमा फर्कनुस्
Cricket Nov 24, 2025 · Swadesh

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको दोस्रो हार

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको दोस्रो हार

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ। तेस्रो जित निकाल्ने क्रममा सुदूरले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो।


सुदूरले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो। 


कर्णालीको लागि पवान सराफले सर्वाधिक २७ रन बनाए। उनले २६ बलमा चार चौका प्रहार गरे। यस्तै, मार्क वाटले १० बलमा १७ रन बनाए। कप्तान सोमपाल कामीले १६ बलमा १४ र गुलसन झाले १३ बलमा १३ रन बनाए।


यता, सुदूरका लागि कप्तान दिपेन्द्र सिंह एैरीले चार ओभर बलिङ गर्दै २३ रन खर्चिएर चार विकेटद लिए। यस्तै, हर्मित सिंह र अभिनाषा बोहोराले दुई, हेमन्त धामी र स्कट कुगइलेनले समान एक विकेट लिए।


जितसँगै सुदूरले आफ्नो तीन खेलमा तीनै जित दर्ता गरेको छ। पारजित कर्णालीले दोस्रो हार ब्यहोरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →