जनकपुरलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं। साविक विजेता जनकपुर वोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ।
लगातार पाँचौं जितसँगै सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। यता, चारै खेलमा पराजित जनकपुरको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ।
त्रिवि क्रिकेट रंगशालामा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। खेलमा ६ विकेटले विजयी भयो।
सुुदूरको जितमा इशान पाण्डेले सर्वाधिक ५६ रनको अर्धशतकिय पारी खेले। उनले ३५ बलमा ८ चौका र एक छक्का प्रहार गरे। ओपनर बिनोद भण्डारी ४२ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १० र हर्मित सिंह २५ रनमा अविजित रहे।
जनकपुरका लागि सन्जयकृष्ण मुर्थिले दुई, ललित राजवंशीले एक विकेट लिए।
कुनै समय पहिलो बलमा विकेट गुमाएको सुदूरका लागि बिनोद र इशानले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको।
जनकपुरका लागि सन्जय कृष्णमुर्थिले ३८ बलमा ५०, जान निकोल लफ्टी इटन ३३ बलमा ३९, आदित्य महता १३ बलमा १५ र कप्तान वार्नि पार्नेलले १४ रन बनाए।
यता, सुदूरका लागि अभिनाष बोहरा सर्वाधिक ४ विकेट लिँदा स्कट कुइगेलिनले तीन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |