← समाचारमा फर्कनुस्
Cricket Dec 06, 2025 · Swadesh

सुदूरले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

सुदूरले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई जितको लागि १४८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।


त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो। 


सुदूरको लागि ब्याटिङतर्फ आरिफ शेखले सर्वाधिक ४५ रन बनाए। यनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे।


ओपनर जोस ब्राउन २४, बिनोद भण्डारी १५, इशान पाण्डेले ३५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए। 


यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २० रन बनाए आउट भए।


विराटनगरको लागि बलिङतर्फ कप्तान सन्दिप लामिछानेले तीन, प्रतिश जिसीले दुई विकेट लिए। प्रतिशले अन्तिम ओभरको पहिलो बलमै सुदूरका कप्तानलाई आउट गाए। उनले एक ओभर बलिङ गर्दै चार रन खर्चिएर दुई विकेट हात पारेका हुन्।


सन्दीपले ४ ओभरमा २० रन खर्चिए। बसिर अहमदको नाममा एक विकेट रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →