← समाचारमा फर्कनुस्
Cricket Nov 19, 2025 · Swadesh

सुदूरपश्चिमको रोमाञ्चक जित

सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित हासिल गरेको छ। रोयल्सले काठमान्डुलाई २९ रनले पराजित गरेको हो।


बुधबार त्रिवि क्रिकेट रंगशालामा सुदूरले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमान्डुले १६.४ ओभरमा सबै विकेट गुमाए ११८ रन मात्रै बनाउन सक्यो।


काठमान्डुका लागि ओपनर आकाश त्रिपाटीले ३४ रन बनाए। उनले ३० बलमा एक छक्का र दुई चौका प्रहार गरे। भिम सार्की १२, जोन सिम्पसन २४, मिलिन्द कुमार ११ र रासिद खानले ६ रन बनाए।


सन्तोष यादव एक रनमा आउट भए। उनलाई सुदूरका कप्तान दिपेन्द्रले रन आउट गराए।


सुदूरपश्चिमका लागि हेमन्त धामी, स्कट कुगेलेइजन र हर्मित सिंहले समान दुई विकेट लिए। इशान पाण्डे, नरेन साउद र अभिनाष बोराले पनि एक विकट लिए।


त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सबै गुमाएर १४७ रन बनाएको थियो।


सुदूरका लागि हर्मित सिंहले अर्धशतकिय पारी खेले। उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५३ रनमा आउट भए। कप्तान दिपेन्द्रले ३९ रन बनाए।


आरिफ शेखले २५, इशान पाण्डे ११ तथा दुवै ओपनर बिनोद भण्डारी र जोस ब्रोन शून्य रनमा आउट भएका थिए। नरेन साउदले ६ रन र स्कट कुगेलेइजनले एक रनमा आउट भए।


काठमान्डुका लागि कप्तान करण केसीले चार, रासिद खान, मिलिन्द कुमार र सन्नी पट्टेलले समान दुई विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →