← समाचारमा फर्कनुस्
Cricket Feb 15, 2024 · Nepalsports

सुदूरपश्चिमले जित्यो सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको उपाधि

सुदूरपश्चिमले जित्यो सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको उपाधि

सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।  

बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्यो। 

कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर-११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो। अन्तिम बलमा १ रन आवस्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जित दिलाईन्।

सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन योगदान दिईन्। प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन्। कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाईन्।  

यस अघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो। 

कोहलपुरको लागि कप्तान सना प्रविनले सर्वाधिक ४१ रन योगदान दिईन्। ओपनिंग ब्याटिंग गर्दै अविजित रहँदै प्रविनले ५४ बलमा ३ चौका मद्दतले ४१ रन बनाईन्। रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन्। 

सुदूरपश्चिमको बलिंगमा अनु कडायत र स्नेहा महराले २/२ विकेट लिए। अनुले ४ ओभरमा २८ रन तथा स्नेहाले ४ ओभरमा १ मेडन गर्दै ८ रन खर्चिन्।   

उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्यो। उपविजेता कोहलपुर मेयर-११ ले पचास हजार रुपैयाँ पायो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी कोहलपुर मेयर-११ कि कप्तान सना प्रविन घोषित भईन् जसले १५ हजार रुपैयाँ हात पारिन्। उत्कृस्ट बलर गण्डकी प्रदेशकि रचना चौधरी तथा उत्कृस्ट ब्याटर कोहलपुर मेयर-११ कि सना प्रविन घोषित भईन् जसले समान ५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकि सावित्री धामी घोषित भईन्। 

समापन समारोहका प्रमुख अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रशाद आचार्य, उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भयो। 

६ दिन चलेको प्रतियोगितामा कोहलपुर मेयर-११, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →