सुदूरको लगतार छैटौँ जित, चितवनको हारले विराटनगर प्लेअफमा

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले लगातार छैटौँ जित दर्ता गरेको छ। विहिवार सम्पन्न खेलमा चितवन राइनोजलाई सुदूरले ४९ रनले पराजित गरेको हो।
त्रिवि क्रिकेट रंगशालामा सुदूरले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्रै बनाउन सक्यो।
चितवनका लागि रभी बोपराले सर्वाधिक २९ रन बनाए। उनले २३ बलमा एक चौका र दुई छक्का प्रहार गरे।
यस्तै, ओपनर अर्जुन साउदले १६, कप्तान कुशल मल्ल १५, देव खना २८ रन बनाए। उनले १९ बलमा तीन चौका प्रहार गरे। अमर राउटेला ९ रनमा आउट भए।
सुदूरका लागि पुनित मेहराले सर्वाधिक ३ विकेट लिए। कप्तान दिपेन्द्रले एक विकेट हात पारे।
जितसँगै ६ खेलमा ६ जित दर्ता गरेको सुदूर १२ अंकसहित शीर्ष स्थानमा छ। यता, पराजित चितवन समान खेलबाट ४ अंक रहेको छ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो।
सुदूरको लागि ओपनर क्रिस लिनले ७५ रन बनाएर रिटायर्ड हर्ट भए। उनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, अर्का ओपनर बिनोद भण्डारीले १७ बलमा २१ रन बनाए। उनले दुई चौका र एक छक्का प्रहार गरे। कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४ रन बनाए।
चितवनका लागि बलिङतर्फ साफ जैबले दुई, रन्जित कुमार, जर्ज स्क्रिमशाले समान एक विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women