← समाचारमा फर्कनुस्
Top Headlines Sep 15, 2026 · Swadesh

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ।

प्राइम टायल्सका अध्यक्ष आशिष गर्ग र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

यस साझेदारीसँगै प्राइम टायल्सले एनपीएलको तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै नेपाली क्रिकेट र स्थानीय खेल प्रतिभाको विकासमा साथ दिने जनाएको छ।

प्राइम टायल्सका अध्यक्ष आशिष गर्गले यो साझेदारी ब्रान्डको प्रचारभन्दा पनि नेपाली समुदाय र क्रिकेटसँगको प्रतिबद्धताको विस्तार भएको बताए।

'प्राइम टायल्सले स्वदेशी उत्पादनमार्फत नेपालीहरूसँग जोडिने प्रयास गर्दै आएको छ। सुदूरपश्चिम रोयल्ससँगको यो साझेदारीले हामीले सेवा गर्ने समुदायसँग सँगै अघि बढ्ने हाम्रो विश्वासलाई अझ मजबुत बनाएको छ। क्रिकेट आज नेपालीहरूलाई एकताबद्ध गर्ने शक्तिशाली माध्यम बनेको छ। यो सहकार्य केवल ब्रान्डको उपस्थितिका लागि होइन, नेपाली क्रिकेटलाई साथ दिन, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न र एनपीएलले देशभर सिर्जना गर्ने उत्साह र गौरवको हिस्सा बन्नका लागि हो। सुदूरपश्चिम रोयल्सले प्रतिनिधित्व गर्ने जोश, दृढता र कहिल्यै हार नमान्ने भावना प्राइम टायल्सका मूल्यसँग मेल खान्छ' गर्गले भने ।

'प्राइम टायल्स जस्तो स्वदेशी र विश्वासिलो ब्रान्ड सुदूरपश्चिम रोयल्ससँग जोडिनु हाम्रो लागि खुसीको विषय हो। एनपीएलको तेस्रो संस्करणमा हामी मैदानभित्र उत्कृष्ट प्रदर्शनसँगै मैदानबाहिर पनि नेपाली ब्रान्डहरूसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने लक्ष्यमा छौं। प्राइम टायल्ससँगको यो साझेदारीले नेपाली क्रिकेट र नेपाली उद्योग दुवैलाई सँगै अघि बढाउने विश्वासलाई थप बलियो बनाएको छ' सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले भने ।


सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणअघि विभिन्न क्षेत्रका राष्ट्रिय ब्रान्डसँग रणनीतिक साझेदारी विस्तार गर्दै आफ्नो व्यावसायिक र संस्थागत यात्रालाई थप मजबुत बनाइरहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →