← समाचारमा फर्कनुस्
Cricket Nov 29, 2025 · Swadesh

सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य

सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य

काठमाडौं। पहिलो जितको खोजिमा रहेको जनकपुर वोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।


त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिलो ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो।


जनकपुरका लागि सन्जय कृष्णमुर्थिले ३८ बलमा ५०, जान निकोल लफ्टी इटन ३३ बलमा ३९, आदित्य महता १३ बलमा १५ र कप्तान वार्नि पार्नेलले १४ रन बनाए।


यता, सुदूरका लागि अभिनाष बोहरा सर्वाधिक ४ विकेट लिँदा स्कट कुइगेलिनले तीन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →