TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 28, 2026 · Swadesh

स्ट्रिट विश्वकप फुटबल छनोट हुने

स्ट्रिट विश्वकप फुटबल छनोट हुने

काठमाडौँ। एलपीएस म्यानेजमेन्ट प्रालि, एस एन्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर (एईसी स्पोर्ट्स) र ट्रिपल टु प्रोडक्सन प्रालिको आयोजनामा जुलाई १ देखि १९ तारिखसम्म थ्री वाइ थ्री स्ट्रिट विश्वकप फुटबल छनोट प्रतियोगिता हुने भएको छ ।

काठमाडौँका विभिन्न स्थानमा सञ्चालन हुने छनोट खेलमा देशभरका ९५ टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा एलपीएस म्यानेजमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिकल्प खरेलले जानकारी दिएका छन् ।

सहभागी टोलीलाई २३ समूहमा विभाजन गरिनेछ । समूह चरणपछि, नकआउटका खेलहरु राउन्डअप ३२, १६, क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ । फाइनल खेलको विजेता टोलीले नेदरल्यान्ड्समा आगामी सेप्टेम्बर २ देखि ६ तारिखसम्म आयोजना हुने स्ट्रिट विश्वकप फुटबलमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

छनोटका खेलहरु काठमाडौँको टेकुस्थित कुमा ननी, तबहाल, लगन, ओमबहाल र तेबहाल संकटामा हुनेछ ।

युवा प्रतिभाको पहिचान तथा खेलाडीलाई अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यले ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए थ्री वाइ थ्री स्ट्रिट फुटबल विश्वकप छनोट’ गरिन लागिएको आयोजकले जनाएको छ ।

नेपालले गतवर्ष चीनमा भएको थ्री वाइ थ्री स्ट्रिट विश्वकप फुटबलमा पनि प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला नेपालको तर्फबाट सरस्वती युथ क्लबले भाग लिएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group A
1 Mexico 3 9
2 South Africa 3 4
3 South Korea 3 3
4 Czechia 3 1
सबै समूह →