स्टार क्रिकेट एकेडेमीलाई बलियो नेपाल कपको उपाधि

काठमाडौ- बलियो नेपाल टि-२० कप अन्तर एकेडेमी यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले पराजित गर्दै स्टार क्रिकेट एकेडेमीले उपाधि जितेको हो ।
७३ रनको सामान्य लक्ष्य पछ्याएको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेपछि उपाधि जितेको हो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा अलआउट हुदै ७२ रनको मात्र बनाएको थियो।
प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटर विराट सिंह भण्डारी र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार, तथा उपविजेता टोलीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर र बलरले समान ७ हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार पाएका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |