श्रीलंकाको विजयी सुरुआत

काठमाडौँ । श्रीलंकाले जारी एसीसी एसिया कपमा विजयी सुरुआत गरेको छ ।
शनिबार राति सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ६ विकेटले पराजित गरेको हो ।
बंगलादेशले दिएको १४० रनको लक्ष्य पछाएको श्रीलंकाले १४.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे । श्रीलंकाकाे जितमा पाथुम निसान्काले ५० रन बनाए भने कामील मिशाराले ४६ रन बनाएका थिए । बंगलादेशका महेदी हसनले दुई विकेट लिए ।
यसअघि यस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । बंगलादेशका लागि शामिम बोसैनले ४२ र जाकर अलीले ४१ तथा कप्तान लिटन दासले २८ रन बनाएका थिए । श्रीलंकाका लागि वानिन्डु हसरंगाले दुई विकेट हात पारे।
जितसँगै समुह बि मा रहेको श्रीलंकाले पहिलो खेलमा जित हासिल गर्दै दुई अंक जाेडेकाे छ। यता, पहिलो खेलमा जित हासिल गरेको बंगलादेशले भने दोस्रो खेलमा हार बेहोरेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |