श्रीलंकामाथि पाकिस्तानको जित

काठमाडौँ । पाकिस्तानले एसीसी एसिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे। पाकिस्तानको जितमा मोहमद नवाजले ३८ रन, हुसैन हरिसले ३२ र साहिबजादा फरहानले २४ रन बनाए।
श्रीलंकाका लागि वानिन्दु हसरंगा र महीश तिक्क्षनाले २-२ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। श्रीलंकाका लागि कमिन्दु मेन्डिसले ५० रन बनाएका थिए भने चरिथ असलंकाले २० रन बनाएका थिए।
त्यसैगरी पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट र हरिस राउफ र हुसैन तलातले २-२ विकेट लिए।
जितसँगै पाकिस्तानको सुपर फोरमा २ खेलमा २ अंक भएको छ भने श्रीलंकाले सुपर फोरमा लगातार दोस्रो हार बेहोरेको छ। श्रीलंकाको फाइनलमा पुग्ने सम्भावना सकिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |