← समाचारमा फर्कनुस्
Cricket Sep 21, 2025 · Swadesh

श्रीलंकामाथि बंगलादेशको जित

श्रीलंकामाथि बंगलादेशको जित

काठमाडौँ। एसीसी एसिया कप २०२५ को सुपर फोरमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ। 


शनिबार राति सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो।


श्रीलंकाले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। 


बंगलादेशको जितमा सैफ हसनले सर्वाधिक ६१ रन बनाए भने टोवहिड हृदोयले ५८ रन बनाएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। 


श्रीलंकाका लागि दासुन शानकाले ६४ रन बनाए भने कुसल मेन्डिसले ३४ रन बनाएका थिए। यो जितपछि बंगलादेशले सुपर फोरमा २ अंक हासिल गरेको छ। सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →