← समाचारमा फर्कनुस्
Cricket Jul 28, 2024 · Swadesh

भारतलाई हराउँदै श्रीलंका पहिलोपटक एसिया कप च्याम्पियन

भारतलाई हराउँदै श्रीलंका पहिलोपटक एसिया कप च्याम्पियन

काठमाडौं । साविक विजेता भारतलाई आठ विकेटले पराजित गर्दै श्रीलंका पहिलोपटक एसिसी एसिया कप महिला टी२० को उपाधि जितेको छ। 

श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार सम्पन्न खेलमा श्रीलंका आठ विकेटले विजयी भएको हो। 

भारतले दिलाएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकका लागि हर्षिता समराविक्रमाले ५१ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ६९ रनको योगदान गरिन्। यसैगरी कप्तान चमारी अथापथुले ४३ बलमा नौ चौका र दुई छक्काको मद्दतले ६१ र काविशा दिलहरीले अविजित ३० रन बनाए।

हर्षिताले दोस्रो विकेटका लागि अथापथुसँग ८७ र तेस्रो विकेटका लागि दिलहरीसँग अविजित ७३ रनको साझेदारी गरिन्। भारतका लागि एक मात्र विकेट दिप्ती शर्माले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो।

भारतका लागि स्मृति मन्धनाले ४७ बलमा १० चौकाको मद्दले सर्वाधिक ६० रन बनाइन्। यसैगरी ऋचा घोषले ३०, जेमिमाह रोड्रिगेजले २९, सफाली वर्माले १६ र कप्तान हरमनप्रित कौरले ११ रन बनाए।

श्रीलंकका लागि काविशा दिलहरीले दुई तथा उदेशिका प्रबोधनी, सचिनी निसन्सला र चमारी अथापथुले समान एक विकेट लिए।

श्रीलंका छैटौं प्रयासमा उपाधि जित्ने सफल भएको हो। यसअघिका पाँच फाइनलमा श्रीलंका भारतसँगै पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →