← समाचारमा फर्कनुस्
Football Jun 26, 2024 · Swadesh

फोर नेसन्स खेल्ने नेपाली टिम घोषण

फोर नेसन्स खेल्ने नेपाली टिम घोषण

काठमाडौं । आगामी लेबनानमा आयोजना हुने फोर नेसन्स कप महिला फुटबल प्रतियोगिताका लागि २२ सदस्यीय टोलीको घोषणा गरिएको छ।

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार टोलीको घोषणा गरेका हुन्।

महिला टोलीले जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा प्रतियोगिता खेल्नेछ। नेपालले आफ्नो पहिलो खेलमा त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा असार २६ गते जोर्डनको सामना गर्छ।

यस प्रतियोगितामामा नेपाल, जोर्डन, बंगलादेश र आयोजक राष्ट्र लेबनाको सहभागिता रहने छ।


नेपाली टोली

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी

फरवार्ड: सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →