इलामको पहिलो जित

काठमाडौँ– सेनेगली मिडफिल्डर अमथ एन्डाउको गोलमा स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीले दोस्रो संस्करण नेपाल सुपर लिग (एनएसएल)मा जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नवप्रवेशी इलामले अर्को नवप्रवेशी झापा एफसीलाई १–० गोल अन्तरले पराजित गरेको हो।
इलामका लागि अमथ एन्डाउले गरेको गोल निर्णायक बन्यो। इलामको यो पहिलो जित हो।
८२औँ मिनेटमा इलामले पेनाल्टी पायो। योगेश गुरुङले इलामका फरवार्ड भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिए। तर, अमथ एन्डाउले गरेको प्रहार माथिल्लो बारबाट बाहिरियो।
८७औँ मिनेटमा इलामले अग्रता लियो। फोडेले डी एरियाबाट भरतलाई बल दिएका थिए।
उक्त बल अमथले जाली चुमाए। उनले प्रहार गरेको प्रहार स्टेफनले रोक्न सकेनन्।
थप गरिएको पाँचौँ मिनेटमा झापाले बराबरी गर्ने अवसर गुमायो। लक्ष्मण रूचालले दिएको एअर बललाई प्रदीप लामाले डी एरियाबाट हेडिङ गरेका थिए। तर, विकेशले पञ्च गरेर बचाए।
यो जितसंगै इलामले दुई खेलमा ३ अंक बटुलेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |