← समाचारमा फर्कनुस्
Football Sep 27, 2026 · Swadesh

स्पेनको अपराजित यात्रा कायम

स्पेनको अपराजित यात्रा कायम

विश्व च्याम्पियन स्पेनले आफ्नो कीर्तिमानी अपराजित याक्रा कायम राख्ने त्रममा शनिबार इंग्ल्यान्डलाई ३–२ ले हराएको छ । वेम्बलीमा भएको यूईएफए नेसन्स लिगको खेलमा प्राप्त जितपछि स्पेनको अपराजित यात्रा ३९ खेल पुगेको छ ।

युरोपेली फुटबलमा यो कीर्तिमानी प्रदर्शन हो । यो जितमा स्पेनका लागि मिखेल ओयारजाबलले निर्णायक गोल गरे । यससँगै स्पेनले सुरुमा अग्रता लिएयता पछाडि परेको स्थितिबाट पुर्नआगमन जित रच्न पनि सफल रह्यो । लामिन यामलको गोलमा स्पेनले सुरुमै अग्रता लिएको थियो ।

तर त्यसलाई कायम राख्न सकेन् र इंग्ल्यान्डका लागि एन्थोनी गोर्डन र ह्यारी केनले गोल गरेका थिए । अन्य खेलमा क्रोएसियाले चेक गणतन्त्रलाई २–१ ले हरायो । त्यसमा मारिओ पासिलिकले निर्णायक गोल गरे । यस्तै स्विटजरल्यान्डले उत्तरी मेसेडोनियालाई ३–० ले पराजित गर्न सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →