← समाचारमा फर्कनुस्
स्पेनको पुनरागमन जित

काठमाडौं। स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्यान्डलाई पराजित गरेको छ।
आइतबार बिहान सम्पन्न खेलमा स्पेनले आयरल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको दोस्रो मिनेटमै डेनियल बलार्डले गोल गर्दै उत्तरी आयरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, १२औं मिनेटमा नाचो फर्नान्डेजको पासमा पेड्रीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ६ मिनेटपछि नै अल्भारो मोराटाले गोल गरे। उनले जेसस नाभासको पासमा गोल गरेका हुन्।
२९औं मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। उनले निको विलियम्सको पासलाई सदुपयोग गरे। ३५औं मिनेटमा लामाइन यमलको पासमा फाबियन रुइजले गोल गरे।
६०औं मिनेटमा यमलकै पासमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई ५-१ गोल अन्तरले विजयी बनाए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |