फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा

काठमाडौं। फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकप २०२४ को फाइनलमा प्रवेश गरेको छ।
म्युनिख फुटबल एरेनामा बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई २-१ गोलअन्तरले पराजित गर्दै स्पेन सन् २०१२ पछि उपाधिनजिक पुगेको हो। उक्त प्रतियोगिताको फाइनलमा स्पेनले इटालीलाई ४-० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।
जारी प्रतियोगितामा अपराजित रहेको स्पेनलाई फाइनल पुर्याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेपनि प्रयाप्त हुन सकेन।
खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता धेरै बेर टिकेन। २१औं मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। पेनाल्टी बक्स बाहिरबाट उनले प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भएको थियो।
त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो। स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |