← समाचारमा फर्कनुस्
क्रोएसियामाथि स्पेनको सहज जित

काठमाडौं । युरोकप २०२४ मा स्पेनले क्रोएसियामाथि सहज जित हासिल गरेको छ।
जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो।
स्पेनलाई जिताउन अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले एक एक गोल गरेका थिए।
२९ औं मिनेटमा मोराटाले फाबियनको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए। ३२ औं मिनेटमा पेड्रिको पासमा फाबियनले गोल गरेपछि स्पेनको अग्रता दोब्बर भएको थियो। पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा डानी कार्भाजलले लामिने यामलको पासमा गोल गरेपछि ३-० को सहज अवस्थामा स्पेन पुगेको थियो।
दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि अन्ततः स्पेनले ३-० को सहज जित दर्ता गर्न सफल भयो। जितसँगै समूह बीमा ३ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |