जर्जियाविरुद्ध ४–१ गोलको जितसँगै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । जर्जियाविरुद्ध फराकिलो जित हासिल गर्दै स्पेन युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सोमबार बिहान सम्पन्न खेलमा स्पेनले जर्जियामाथि ४–१ गोलको पुनरागमन जित हासिल गरेको हो।
स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक एक गोल गरे।
जितसँगै स्पेनले अब स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीको सामना गर्नेछ। जर्मनीले डेनमार्कलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
खेलको १८ औं मिनेटमा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेपछि स्पेन सुरुआती समयमा एक शून्यले पछि पर्यो।
त्यसपछि स्पेनका लागि ३९औं रोड्रीले गोल गरेपछि खेल १–१ गोलको अबस्थामा फर्कियो।
पहिलो हाफमा एक एकको बराबरी गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।
दोस्रो हाफको ५१औं मिनेटमा रुइजले स्पेनलाई २–१ गोलको अग्रता दिलाए। ७५औं मिनेटमा विलियम्सको गोलमा स्पेनले ३–१ को अग्रता बनायो।
८३औं मिनेटमा मैदान प्रवेश गरेका ओल्मोले गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |