← समाचारमा फर्कनुस्
Football Jul 15, 2024 · Swadesh

इङ्ल्यान्डलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को च्याम्पियन

इङ्ल्यान्डलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को च्याम्पियन

युरो कप २०२४ को फाइनल खेलमा इङ्ल्यान्डलाई पराजित गर्दै स्पेनले उपाधी जितेको छ।ओलम्पियास्डेडियोन बर्लिन जर्मनीमा भएको खेलमा स्पेनले  इङ्ल्यान्डलाई २-१ गोलले पराजित गरेको हो। यस जित संगै स्पेनले चौथौं पटक युरो कपको उपाधी जितेको हो ।


पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो। खेलको ४७औं मिनेटमा यामलको पासमा निको विलियमले बललाई जाली चुमाएको थियो। 


खेलको ७३औं मिनेटमा काउण्टरमा जुड बेलिंगमको पासमा कोल पामरले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै १-१ को बराबरीमा खेल पुऱ्याएको थियो ।

स्पोनका लागि विजयी गोल खेलको ८६औं मिनेटमा यमलको पासमा मिकेल ओयाजबालले गरेको थियो। 


स्पेनले सन् १९६४, २००८, २०१२ र २०२४ गरी चौथौ पटक उपाधी जितेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →