LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 27, 2026 · Swadesh

स्पेनलाई पछ्याउँदै केप भार्डे अन्तिम ३२ मा

स्पेनलाई पछ्याउँदै केप भार्डे अन्तिम ३२ मा

एलेक्स बाएनाको निर्णायक गोलको मदतले स्पेनले विश्वकप २०२६ मा दस खेलाडीमा सीमित उरुग्वेलाई शुक्रबार १–० ले पराजित गरेको छ र प्रतियोगिताको अन्तिम ३२ मा प्रवेश गरेको छ । समूह ‘एच’ बाट विश्वकपमा डेब्यु गरिरहेको केभ भार्डे पनि अर्को चरण पुगेको छ ।

समूह विजेता हुने क्रममा स्पेनको सात अंक भएको छ । अर्को खेलमा केप भार्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो । यो नतिजा उसलाई अर्को चरण पुग्न पर्याप्त रह्यो । केप भाडेको यो लगातार तेस्रो बराबरी हो ।

यससँगै उसको तीन अंक भएको छ र केप भार्डेको लागि यो ऐतिहासिक उपलब्धी रह्यो । पूर्व विजेता रहेको उरुग्वे भने दुई अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबिया पनि दुई अंकमै सीमित रह्यो ।

स्टाडियो ग्वाडालाराजामा भएको खेलमा स्पेनका लागि एक गोल मात्र बाएनाले ४२ औं मिनेटमा गरे । उरुग्वेका लागि भने निराशाजनक रूपमा यस विश्वकपको यात्रामा पूर्ण विराम लागेको छ । दोस्रो हाफको अन्त्यतिर अगस्टिन कानोबिओ रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group G
1 Egypt 3 5
2 Iran 3 3
3 Belgium 3 3
4 New Zealand 3 2
सबै समूह →