← समाचारमा फर्कनुस्
डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसंग पराजित

काठमाडौं । डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ।
युरोकपको समूह चरण अन्तर्गत विहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित भएको हो।
प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनु परेको थियो।
खेलको ५५औँ मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो।
सोही गोललाई अन्तिमसम्म कायम राख्दै स्पेनले लगातार दोस्रो जितका साथ आफूलाई युरोकपको अन्तिम १६ मा पुर्याएको छ।
समूह बी मा स्पेनले २ खेलबाट ६ अंक बनाउँदा इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ। यसैगरी अल्बानिया र क्रोएसियाको समान एक एक अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |