← समाचारमा फर्कनुस्
Football Jul 15, 2026 · Swadesh

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फाइनलमा

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फाइनलमा

स्पेनले विश्वकप २०२६ को सेमिफाइनलमा बुधबार फ्रान्सलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा प्रत्येक हाफमा सम्भव भएको एक एक गोलको मदतले युरोपेली च्याम्पियन पनि रहेको स्पेन २–० ले विजयी रहेको हो ।

फ्रान्समाथि स्पेनको यो लगातार तेस्रो जित हो । यसअघि स्पेनले सन् २०२४ मा फ्रान्सलाई युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा हराएको थियो । यस्तै सन् २०२५ को यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई पराजित गरेको थियो ।

स्पेन विश्वकपको फाइनल पुगेको यो दोस्रो पल्ट हो । यसअघि स्पेनले सन् २०१० मा फाइनल याक्रा तय गरेको थियो र यसत्रममा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेको थियो । अब उपाधिको भिडन्तमा स्पेनले अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ ।

हारले उपाधिको बलियो प्रत्यासी फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ र लगातार तेस्रो पल्ट फाइनल खेल्ने सपना तुहिएको छ । अब फ्रान्सले तेस्रो स्थानका लागि खेल्नेछ । यस हारसँगै फ्रान्सेली प्रशिक्षक डिडिएर डेसक्याम्पले टिमबाट निराशाजनक बिदाई लिने भएका छन् ।

स्पेनले खेलको २२ औं मिनेटमा अग्रता लिएको थियो । मिकेल ओयरजबलले पेनाल्टीबाट गोल गरेका हुन । लुकास डिग्नेले लामिन यामलमाथि फल गरे पनि स्पेनले पेनाल्टी प्रहारको अवसर पाएको थियो र त्यसमा रियल सोसिडाडका फरवार्ड ओयरबजलले सजिलै गोल गरे ।

 पेड्रो पोरोले ५८ औं मिनेटमा दोस्रो गोल थपे । टोटनहमका पोरोले डानी ओल्मोले उपलब्ध गराएको पासमा गोल गरेका हुन् । अन्तिम चारसम्मको यात्रामा उत्कृष्ट फुटबल पस्केको फ्रान्सले स्पेनविरुद्ध त्यस्तै प्रदर्शन भने दोहराउन सकेन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →