← समाचारमा फर्कनुस्
Football Nov 26, 2026 · Swadesh

१० औँ राष्ट्रिय खेलकुद : कर्णालीमाथि गण्डकीको सहज जित

१० औँ राष्ट्रिय खेलकुद :  कर्णालीमाथि गण्डकीको सहज जित

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सह–आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ । बिहीबार प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा गण्डकी प्रदेशसँग ५–० गोल अन्तरले पराजित भएपछि कर्णालीको यात्रा लिग चरणमै समाप्त भएको हो ।

आजको खेलमा जित निकाल्नैपर्ने दबाबमा रहेको कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ । यसअघि मंगलबार भएको उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

गण्डकीले खेलको सुरुवातदेखि नै कर्णालीमाथि दबाब बनाएको थियो । खेलको १६ औँ मिनेटमा लछु थापाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए । त्यसपछि आशिष गुरुङले खेलको २५ औँ र ३३ औँ मिनेटमा लगातार दुई गोल थप्दै गण्डकीको अग्रता ३–० मा पुर्‍याए ।

दोस्रो हाफमा पनि गण्डकीले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो । खेलको ५७ औँ मिनेटमा सुदीप गुरुङले गोल गर्दै अग्रता ४–० बनाए । खेलको अतिरिक्त समयमा टेकराज गुरुङले थप एक गोल गरेपछि गण्डकी ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार खेलमा गण्डकीका रन्दीप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएका थिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार दिउँसो २ः३० बजे हुने अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →