← समाचारमा फर्कनुस्
Football Nov 26, 2026 · Swadesh

एट्लेटिको म्याड्रिड र भिलारियलको च्याम्पियन्स लिगमा जित

एट्लेटिको म्याड्रिड र भिलारियलको च्याम्पियन्स लिगमा जित

काठमाडौं — यूईएफए च्याम्पियन्स लिगको लिग चरणको पाँचौं खेलमा स्पेनका दुई क्लब एट्लेटिको म्याड्रिड र भिलारियलले दुवैले जित हासिल गरेका छन्। एट्लेटिकोले घरेलु मैदानमा भाइकिङलाई २-० ले पराजित गर्यो भने भिलारियलले  स्लाभिया प्रागलाई १-० ले हरायो।

म्याड्रिडको रियाध एयर मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा एट्लेटिकोले पहिलो हाफमै दुई गोल गर्यो। खेलको१९औं मिनेटमा अलेक्जेन्डर सोर्लोथले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए, त्यसको पाँच मिनेटपछि जुलियन अल्भारेजले फ्रि-किकमार्फत स्कोर २-० बनाए। दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन्, अन्तिममा भाइकिङका हेनरिक फाल्चेनरले रातो कार्ड पाए।

यस जितपछि एट्लेटिकोले ५ खेलबाट २ जित, १ बराबरी र २ हारसहित ७ अंक जोडेको छ र लिग तालिकाको १७औं स्थानमा पुगेको छ। यो पनि एट्लेटिकोले लगातार दुई खेल जितविहीन रहेपछि पुनः जित हासिल गरेको हो।



त्यस्तै प्रागको फोर्चुना एरिनामा भएको खेलमा भिलारियलले दोस्रो हाफमा गोल गर्यो। ६२औं मिनेटमा ताजोन बुकाननले अयोजे पेरेजको पासमा गोल गर्दै निर्णायक अंक ल्याए। यो जितले भिलारियलले चार वर्षपछि च्याम्पियन्स लिगको बाहिरी मैदानमा पहिलो जित हासिल गरेको हो।

भिलारियलले पनि ५ खेलबाट २ जितसहित ६ अंक जोडेको छ र नकआउट चरणमा पुग्ने आशा कायम राखेको छ। स्लाभिया प्रागले भने युरोपेली प्रतियोगिताको घरेलु मैदानमा लगातार जितविहीन रहने क्रम ११ खेलसम्म पुगेको छ।

यी दुई जितले स्पेनी क्लबहरूलाई लिग चरणको अन्तिम चरणमा अंक तालिकामा अगाडि बढ्न महत्वपूर्ण आधार दिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →