← समाचारमा फर्कनुस्
Football Nov 26, 2026 · Swadesh

स्टुटगार्टमाथि इन्टर मिलानको सहज जित

स्टुटगार्टमाथि इन्टर मिलानको सहज जित

इन्टर मिलानले यूईएफए च्याम्पियन्स लिगको लिग चरणको पाँचौं खेलमा घरेलु मैदान सान सिरोमा स्टुटगार्टलाई २-० ले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ र तीनै खेलमा क्लिन सिट राखेको छ।

पहिलो हाफमा इन्टरले पूर्ण रूपमा नियन्त्रण राखेको थियो। १६औं मिनेटमा स्पेन्सको एकल खेलमा स्टुटगार्टका गोलकिपर सेइमेनले उत्कृष्ट बचाउ गरे।  पहिलो हाफको अन्त्यसम्म दुवै टोलीले गोल गर्न सकेनन्।

दोस्रो हाफ सुरु भएपछि इन्टरले अवसर पाए। खेलको ५७औं मिनेटमा दिमार्कोको क्रसले स्टुटगार्टका भाग्नोम्यानको हातमा लाग्यो, भीएआर जाँचपछि रेफ्रीले पेनाल्टी दिए। सुसिचले पेनाल्टी प्रहार गर्दै गोल गरे र इन्टरलाई १-० को अग्रता दिलाए। त्यस्तै खेलको ७४औं मिनेटमा दिमार्कोको पासमा बैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले पोस्ट नजिकैबाट प्रहार गर्दै स्कोर २-० बनाए र खेल निश्चित गरे।

यो जितपछि इन्टरको अंक ९ पुगेको छ र शीर्ष आठमा पर्न एक अंकको दूरीमा छ। स्टुटगार्ट ७ अंकसहित तालिकाको १७औं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →