पीएसजी रोमा बराबरी

यूईएफए च्याम्पियन्स लिग अन्तरगत लिग चरणको पाँचौं खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रोमासँग २-२ को बराबरी खेलेको छ। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको यो खेलमा पीएसजीले एक समय २-१ को अग्रता लिए पनि अन्तिमतिर पेनाल्टी गुमाएर जित अधुरै राख्न बाध्य भयो।
खेलको सुरुवातमै रोमाले अग्रता लिएको थियो। पाँचौं मिनेटमा मारियो हर्मोसोले गोल गर्दै पाहुना टोलीलाई १-० को अग्रता दिलाए। तर पहिलो हाफको ३१औं मिनेटमा इलिया जाबार्नीले हेडरमार्फत गोल फर्काउँदै पीएसजीलाई खेलमा फर्काए।
दोस्रो हाफमा पीएसजीले खेलमा पकड जमाएको थियो। खेलको ६२औं मिनेटमा वैकल्पिक खेलाडी उस्मान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए। तर ७८औं मिनेटमा भिएआर जाँचपछि रोमाले पेनाल्टी पाएको थियो, जसलाई डोनिएल मालेनले गोलमा परिणत गर्दै खेल २-२ मा फर्काए।
यो बराबरीसँगै पीएसजीको सबै प्रतियोगितामा लगातार १२ खेल जित्ने क्रम रोकिएको छ। पाँच खेलबाट १३ अंक जोडेको पीएसजी लिग तालिकाको दोस्रो स्थानमा छ। रोमाले भने ५ अंक जोडेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |