← समाचारमा फर्कनुस्
Football Nov 26, 2026 · Swadesh

इंग्लिस क्लब लिभरपुलको जित र म्यानचेस्टर युनाइटेडको बराबरी

इंग्लिस क्लब लिभरपुलको जित र म्यानचेस्टर युनाइटेडको बराबरी

च्याम्पियन्स लिग समूह चरणको पाँचौं खेलमा लिभरपुलले क्लब ब्रुगलाई ३-० गोलले पराजित गरेको छ। यो जितसँगै लिभरपुलको अंक १२ पुगेको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ।

खेलको १३औं मिनेटमै अलेक्जेन्डर इसाकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। उनलाई डोमिनिक स्जोबोस्ज्लाईले सहयोग गरेका थिए। त्यसपछि ७९औं मिनेटमा फ्लोरियन विर्ट्जले गोल गर्दै अग्रता दोब्बर बनाए। ८२औं मिनेटमा इसाकले फेरि गोल गर्दै स्कोर ३-० बनाए।

यस खेलमा दुई गोल गरेका इसाक पूर्ण खेलको सबैभन्दा उत्कृष्ट खेलाडी घोषित भए। कप्तानको भूमिका निभाएका स्जोबोस्ज्लाईले एक गोलको सहयोग गरेका थिए।


यसैगरी  अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पोर्टिङ लिस्बनसँग २-२ गोलको बराबरी खेलेको छ। ब्रुनो फर्नान्डेजले पुरानो क्लबविरुद्ध दुई गोल गरे पनि गोलकिपर सेने लामेन्सको गम्भीर गल्तीले टोलीको जित खोसियो, र पोचेटिनोले युनाइटेडको प्रशिक्षकको रूपमा पहिलो जित हासिल गर्न असफल भए ।

खेलको ३३औं मिनेटमा स्पोर्टिङका लुइस सुरेजले पेनाल्टीबाट गोल गर्दै पहिलो कीर्तिमान राखे । त्यस्तै खेलको ४८औं मिनेट: ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै स्कोर बराबरी गरे । ५०औं मिनेटमा फर्नान्डेजले  गोल गर्दै युनाइटेडलाई २-१ ले अग्रता दिलायो । त्यस्तै खेलको ८०औं मिनेटमा लामेन्सले उच्च बल समात्न असफल भए, सुरेजले अत्यन्तै सुन्दर रूपमा बाइसाइकल किकबाट गोल गर्दै स्कोर २-२ बनाए ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →