युरोकप : स्पेन र इटाली अन्तिम १६ मा

काठमाडौं । स्पेन र इटाली युरोकप २०२४ को अन्तिम १६ मा स्थान पक्का गरेका छन्।
मंगलबार विहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले १-१ गोलको बराबरी खेलेको थियो।
जितसँगै स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ प्रवेश गर्न सफल भएको हो।

स्पेनका डानी ओल्मोको पासमा फेरान टोरेसले गोल गरेपछि १३औं मिनेटमा अग्रता लिएको थियो। सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पेनले शतप्रतिशत जित निकाल्न सफल भयो।
उता अर्को खेमाल डिफेन्डिङ च्याम्पियन इटालीले अन्तिम समयमा गोल गर्दै बराबरी खेले पछि अन्तिम १६ मा स्थान पक्का गर्न मद्दत पुग्यो। क्रोएसिया भने प्रतियोगिताबाट बाहिर भएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रोएशियाले सुरुआती अग्रता लिएको थियो। ५५ औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफको अतिरिक्त आठौं मिनेटमा माटेटा ज्याग्नीले रिकार्डोको पासमा गोल गर्दै बराबरी गरे।
समूह बी बाट स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा इटाली ४ अंकका साथ दोस्रो स्थानमा रहेर पुगेको हो। क्रोएसियाको २ अंक हुँदा अल्बानियाको एकमात्र अंक छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |