← समाचारमा फर्कनुस्
Football Jul 05, 2024 · Swadesh

युरोकप : पहिलो क्वाटरफाइनलमा स्पेन र जर्मनी भिड्दै

युरोकप : पहिलो क्वाटरफाइनलमा स्पेन र जर्मनी भिड्दै

काठमाण्डौं । जर्मनीमा जारी युरोकप २०२४ मा आजदेखि क्वाटरफाइनल चरणका खेलहरु हुँदैछन्। 

क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको रोमाञ्चक भिडन्त नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ।

स्पेनले क्वाटरफाइनलमा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो भने जर्मनीले डेनमार्कलाई २–० ले पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो।

युरोकपका दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ। स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन्। जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ। त्यस्तै ९ खेल बराबरीमा सकिएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →