स्पेनले फ्रान्सको सामना गर्दै

काठमाडौं । युरो कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सको सामना गर्दै छ। यी दुई टिमबीचको खेल एलियान्ज एरिनामा नेपाली समयअनुसार मंगलबार राति १२ः४५ बजेबाट सुरु हुनेछ।
पहिलो सेमिफाइनलमा दुवै टिम जित निकाल्दै उपाधि यात्रामा होमिने दाउमा रहेका छन्। तुलनात्मक रूपमा लयमा देखिएको स्पेनलाई रोक्न फ्रान्स भने केहि चुनौति हुनेछ। यद्यपी स्टार खेलाडी केलियन एम्बाप्पे आफ्नो पुरानो लयमा फर्किएर प्रदर्शन गर्छन् भने फ्रान्सलाई सहज हुनेछ।
एम्बाप्पेमा भर पर्नुपर्ने अवस्थामा रहेको फ्रान्सले स्पेनलाई हराउँन जादुमयी प्रदर्शन गर्नुपर्ने देखिन्छ। फ्रान्सले जारी युरो कपमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकिरहेको छैन।
समूह चरणका तीन र क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदासम्म फ्रान्सले एम्बाप्पेले गोल गरेबाहेक अन्य खेलाडीले गोल गर्न सकेको छैन। फ्रान्सले समूह चरणमा कुनै खेल नहारे पनि गोल भने निकाल्न सकेको थिएन।
जारी युरोकपमा फ्रान्सको रक्षापंक्ति मजबुत देखिए पनि मिडफिल्ड र फिनिसिङमा भने चुकिरहेको छ। अस्ट्रियाविरुद्धको खेलमा नाकमा चोट बोकेपछि एम्बाप्पे स्वाभाविक लयमा देखिएका छैनन्।
यस्तो छ 'हेड टु हेड'
फिफा वरीयतालाई हेर्ने हो भने फ्रान्स दोस्रो स्थानमा छ तर, स्पेन भने नेदरल्यान्ड्सभन्दा पछाडि आठौँ स्थानमा छ। हेड टु हेडका आधारमा भने स्पेन अगाडि छ।
स्पेन र फ्रान्स अहिलेसम्म ३६ पटक भिडेका छन्। जसमा स्पेनले १६ खेलमा जित हासिल गर्दा फ्रान्सले १३ खेल जितेको छ। ७ खेल भने बराबरीमा सकिएको छ। स्पेन पछिल्ला पाँच खेलमा अपराजित छ भने फ्रान्सले दुई खेल जित्दा तीन खेलमा बराबरीमा रोकिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |