← समाचारमा फर्कनुस्
Cricket Oct 23, 2025 · Swadesh

पाकिस्तानसँग दक्षिण अफ्रिकाको सिरिज बराबरी

पाकिस्तानसँग दक्षिण अफ्रिकाको सिरिज बराबरी

पाकिस्तान र दक्षिण अफ्रिकाबीचको दुई टेस्टको सिरिज बिहीबार १–१ को बराबरीमा टुंगेको छ । रावलपिन्डीमा भएको दोस्रो टेस्ट दक्षिण अफ्रिकाले आठ विकेटले जितेपछि सिरिज बराबरीमा समाप्त भएको हो । टेस्टको चौथो दिन दक्षिण अफ्रिकाले जितका लागि ६८ रनको लक्ष्य पाएको थियो ।


त्यसको जवाफमा लञ्च अगाडि नै दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर ७३ रन बनायो । कप्तान एडेन मार्केलले त्यसमा ४२ रन बनाए । यस्तै अर्को ओपनर रायन रिकेल्टनले २५ रन बनाए र नटआउट रहे । त्यस अगाडि पाकिस्तान आफ्नो दोस्रो इनिङ्समा १ सय ३८ रन मात्र बनाएर अलआउट भएको थियो ।


त्यसमा बाबर आजमले ५० रन बनाए र उनलाई अरू कोही पनि ब्याटरले साथ दिएनन् । पाकिस्तान सस्तोमो समेटिनुमा स्पिनर सिमोन हार्मरले प्रमुख भुमिका खेले । उनले ५० रनमा छ विकेट लिए । टेस्टमा पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन सय ३३ रन बनाएको थियो । त्यसको जवाफमा दक्षिण अफ्रिकाले चार सय चार रन बनाएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →