विश्वकपमा दक्षिण अफ्रिकाको तेस्रो जित

काठमाडौं । दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र अमेरिकामा जारी आइसीसी टी२० विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अफ्रिका ४ रनले विजयी भयो।
अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।
जितसँगै समूह 'डी' मा रहेको अफ्रिकाले तीन खेलमा तीन जितसहित छ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। पराजित बंगलादेश भने दई खेलमा एक जित एक पाजयसहित दुई अंकको साथ दोस्रो स्थानमा रहेको छ।

बंगलादेशका लागि ब्याटिङतर्फ तोहिद हृदोयले सर्वाधिक ३७ रन बनाए। ३४ बलमा उनले २ चौका र २ छक्का प्रहार गरे। मोहम्मद महमुदुल्लाहले २० रन र कपतान सान्तोले २३ बलमा १४ रन बनाए । यता, बलिङतर्फ अफ्रिकाको लागि केशव महाराजले सर्वाधिक तीन विकेट लिए। कागिसो रबाडा र एनरिच नोर्टजेले समान दई विकेट लिए।
टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनायो।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए। डेबिड मिलरले ३८ बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए। ओपनर क्विटन डि ककले ११ बलमा १८ रन बनाए।
बंगलादेशका लागि तान्जिम हसन सकिबले तीन तथा तस्किन अहमदले दुई विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |