← समाचारमा फर्कनुस्
दक्षिण अफ्रिकाको वान डे इतिहासकै ठूलो हार

इंग्ल्यान्डले आइतबार दक्षिण अफ्रिकालाई साउथह्याम्पटनमा भएको तेस्रो तथा अन्तिम वान डेमा ३ सय ४२ रनको ठूलो अन्तरले पराजित गरेको छ । वान डे क्रिकेटका इतिहासमा यो नै सबैभन्दा ठूलो अन्तरको हार हो ।
इंग्ल्यान्डका लागि सुरुमा ज्याकोब बेथहेलले शानदार शतक बनाए । त्यसपछि जोफ्रा आर्चरले घातक बलिङ गरे । इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा ४ सय १४ रनको ठूलो योगफल खडा गरेको थियो ।
त्यसमा बेथहेलले १ सय १० रन बनाए र यो उनको पहिलो वान डे शतक रह्यो । यस्तै जोए रुटले ठ्याक्कै सय रन जोडे । त्यसको जवाफमा दक्षिण अफ्रिका ७२ रन मात्र बनाएर अलआउट भयो ।
जोफ्राले १८ रन मात्र खर्चेर चार विकेट लिए र उनी नै खेलको ‘प्लेयर अफ द म्याच’ रहे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |