← समाचारमा फर्कनुस्
Cricket Jun 10, 2024 · Swadesh

दक्षिण अफ्रिकाले दियो बंगलादेशलाई ११४ रनको लक्ष्य

दक्षिण अफ्रिकाले दियो बंगलादेशलाई ११४ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आइसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ११४ रनको विजयी लक्ष्य दिएको छ।

अमेरिकाको न्युयोर्कमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनायो।



दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए। डेबिड मिलरले ३८ बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए। ओपनर क्विटन डि ककले ११ बलमा १८ रन बनाए।

बंगलादेशका लागि तान्जिम हसन सकिबले तीन तथा तस्किन अहमदले दुई विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →