← समाचारमा फर्कनुस्
Cricket Oct 30, 2025 · Swadesh

दक्षिण अफ्रिका फाइनलमा

दक्षिण अफ्रिका फाइनलमा

काठमाडौँ। दक्षिण अफ्रिका आइसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ।


बुधबार सम्पन्न सेमिफाइनल खेलमा इङल्याण्डलाई १२५ रनले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो।


अफ्रिकाले दिएको ३२० रनको लक्ष्य पछाएको इङल्याण्ड ४२.३ ओभरमा अल आउट हुँदै १९४ रन मात्र बनाएको थियो।


३२० को लक्ष्य पछ्याउँदै, इङ्गल्याण्डको सुरुवात खराब रह्याे। टोलीले केवल एक रनमा तीन विकेट गुमायो। एमी जोन्स, ट्यामी ब्यूमोन्ट र हेदर नाइट सबै रन नबनाइ फर्किए। इनिङ्सको पहिलो ओभरमा मारिजान क्यापले एमी र नाइटलाई बोल्ड गरिन् भने अर्को ओभरमा अयाबोङ्गा खाकाले ब्युमोन्टलाई विकेटकिपर सिनोलो जाफ्टाको हातबाट क्याच गराइन्।


त्यसपछि नेट स्काइभर–ब्रन्ट (६४) र एलिस क्याप्सी (५०) ले चौथो विकेटको लागि १०५ रन जोडे। उनीहरूले टोलीलाई लयमा राख्ने प्रयास गरे, तर २३औं ओभरमा सुन लुसले क्याप्सीलाई नाडाइन डे क्लार्कको हातबाट क्याच गराएर साझेदारी तोडिन्। क्याप्सीले ७१ बलमा ६ चौका प्रहार गरिन्। त्यसपछि कापले स्काइभर–ब्रन्टलाई विकेटकिपर जाफ्टाको हातबाट क्याच गराइन्। त्यसपछि इङ्ल्यान्डको बाँकी आशा समाप्त भयो। ब्रन्टले ७६ बलमा छ चौका र एक छक्का प्रहार गरिन्। कापले सोफिया डङ्कली (०२) र चार्ली डीन (००) लाई पनि आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरिन्। नाडाइन डे क्लार्कले दुई विकेट लिए र लिन्सी स्मिथ (२७) लाई सुन लुसको हातबाट क्याच गराएपछि दक्षिण अफ्रिकाको जित सुनिश्चित भएको थियो।


खेलमा पाँच विकेट लिएर, मारिजान क्यापले एउटा महत्वपूर्ण उपलब्धि हासिल गरिन्। उनी एकदिवसीय विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनिन्। उनले ४४ विकेट लिइन्, जुन यसअघि पूर्व भारतीय बलर झुलन गोस्वामीको नाममा रहेको रेकर्ड थियो। उनले ३४ इनिङमा ४३ विकेट लिएकी थिइन् ।


त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कप्तान लाउरा वोलभारडटको १६९ रनको शतकीय पारीको सहयोगले ५० ओभरमा ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो।


अब दक्षिण अफ्रीकाले फाइनलमा भारत र अस्ट्रेलियाबीचको बिजेतासँग आगामी आइतबार खेल्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →