← समाचारमा फर्कनुस्
Cricket Jun 09, 2024 · Swadesh

दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

आइसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हासिल गरेको छ। 

शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो। 

यो जितसँगै दक्षिण अफ्रिका समूह डीबाट सुपर एटमा पुग्ने लगभग पक्का भएको छ। यो समूहमा नेपाल पनि रहेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन मात्रै बनाउन सकेको थियो। 

नेदरल्यान्ड्सले दिएको १०४ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले डेभिड मिलर र ट्रिस्टन स्टब्सले उत्कृष्ट साझेदारीमा १८.५ ओभरमा जित निकाल्यो।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो। टोलीका दुई उत्कृष्ट ब्याट्सम्यान क्विन्टन डी कक र कप्तान एडेन मार्कराम खाता खोल्नै नखाई आउट भए। ओपनर रिजा हेन्ड्रिक्सले पनि ३ रन मात्र बनाउन सके। हेनरिक क्लासेनले मात्र ४ रन बनाउन सके।

तर, यसपछि डेभिड मिलर र ट्रिस्टन स्टब्सले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाले। स्टब्सले ३३ रनको इनिङ खेले। डेभिड मिलरले ५१ बलमा ५९ रन बनाएर अविजित रहे। नेदरल्याण्ड्सका भिभान किंग्मा र लोगन भान विकले समान दुई दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङमा आएका नेदरल्याण्डका लागि सिब्रान्डले ४५ बलमा ४० रन बनाए। भान बेकले पनि २२ बलमा २३ रनको योगदान पुर्याए र टोलीले एक सय रन पार गर्न सफल भयो। दक्षिण अफ्रिकाका लागि ओटनियल बार्टम्यानले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरको स्पेलमा ११ रन दिएर ४ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →