LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 19, 2026 · Swadesh

बराबरीमा दक्षिण अफ्रिका र चेकिया

बराबरीमा दक्षिण अफ्रिका र चेकिया
टेबोहो मोकेनाले पेनाल्टीबाट गरेको गोलको मदतले दक्षिण अफ्रिकाले बिहीबार चेकियालाई १–१ को बराबरीमा रोकेको छ र यससँगै आफ्नो नकआउट चरण प्रवेशको सम्भावनालाई कायम राख्न सफल रह्यो ।

समूह ए को खेलमा चेकियाले मिचेल साडिलेकको गोलमा आठौं मिनेटमा सुरुआती अग्रता लिएको थियो । तर ८३ औं मिनेटमा मोकेनाले बराबरी गोल गरे । बराबरीले दुवैको एक एक अंक भएको छ । नकआउट चरण प्रवेशको सम्भावनालाई साकार पार्न दुवैले आफ्नो अन्तिम खेल जित्नु पर्नेछ ।

अब दक्षिण अफ्रिकाले दक्षिण कोरिया र चेकियाले सह आयोजक देश मेक्सिकोको सामना गर्नेछ । दुवैका लागि आफ्नो अन्तिम खेल सहज रहने छैन् ।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group L
1 England 1 3
2 Ghana 1 3
3 Panama 1 0
4 Croatia 1 0
सबै समूह →