← समाचारमा फर्कनुस्
Cricket Jun 27, 2024 · Swadesh

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनल

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनल

काठमाडौं । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक आइसीसी टी २० विश्वकपको फाइनल प्रवेश गरेको छ।

वेस्ट इन्डिजको ट्रिनिडाडमा बिहिवार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।

दक्षिण अफ्रिकाका लागि रिजा हेनड्रिक्सले २५ बलमा २९ तथा कप्तान एडेन मारकमले २१ बलमा २३ रन बनाए।

अफगानिस्तानका लागि फजलहक फारुकीले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा अलआउट हुँदै ५६ रन मात्र बनाएको थियो।

अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए।

पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाले बिहिबार बेलुका हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार उपाधीका लागि खेल्नेछ। दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच खेल हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →